०९ असार २०८३, मंगलबार

सम्पन्न भयो सैनिक आचार संहिता कार्यक्रम

सम्पन्न भयो सैनिक आचार संहिता कार्यक्रम

नेपाली सेनाले सैनिक आचारसंहिता कार्यक्रम २०७९ सम्पन्न गरेको छ ।

बुधवार शुरू भएको आचारसंहिता कार्यक्रम बिहीवार (आज) प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा कार्यक्रमको समापन गरेका हुन् । 

समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनालाई समयानुकूल व्यावसायिक, आधुनिक र अनुशासित सङ्गठनको रूपमा विकास गरी राष्ट्रिय शक्तिको मजबुत अङ्गको रूपमा स्थापित गर्दै लैजानु सबैको साझा दायित्व भएको बताए ।

यसका लागि नेपाली सेनाका सकलदर्जामा उच्च स्तरको आचरण र अद्वितीय नैतिक चरित्रको विकास गर्दै सदाचारीतायुक्त कार्य संस्कृतिको विकास गर्दै लैजानु आजको आवश्यकता रहेको उनले बताए ।

सो कार्यक्रम नेपाली सेनाका सबै युनिटहरूमा लाइभ मल्टीकास्ट समेत गरिएको थियो । 

कार्यक्रम अवधिभरमा नेपाली सेनाका सकलदर्जालाई नेपाली सेनाको मुल्य मान्यताहरू, नेपाली सेनाको परम्परा तथा शिष्टाचार, मिडिया तथा सोसल मिडिया प्रयोग, राजनैतिक र अन्य व्यक्तिहरूसँग भेटघाट गर्ने तथा अभिव्यक्ति दिने, आर्थिक कारोवार तथा बजेट, विदेशीहरूसँग सम्पर्क, भेटघाट र अन्तरक्रिया, शिक्षक तथा शिक्षार्थीहरूले पालना गर्नु पर्ने आचार संहिता, भर्ना छनौट, लैङ्गिक आचरण तथा उपहार सम्बन्धी आचार संहिताहरूमा केन्द्रित रही विषयविज्ञहरूबाट प्रस्तुतीकरण भएको थियो । 

यस प्रकारको कार्यक्रमले नेपाली सेनामा कार्यरत सकलदर्जाबीच विश्वासको वातावरण सिर्जना भई आगामी दिनहरूमा नेपाली सेना थप व्यवसायिक, अनुशासित र उच्च सैनिक आचरण युक्त संगठनको रुपमा स्थापित हुने विश्वास नेपाली सेनाले लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्