२४ जेठ २०८३, आइतबार

बीरगंज महानगर : एमालेसँगको तालमेलमा लोसपाभित्र असन्तुष्टि

बीरगंज महानगर : एमालेसँगको तालमेलमा लोसपाभित्र असन्तुष्टि

मधेश प्रदेशको एक मात्र महानगर रहेको बीरगंज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन पछि लोसपामा असन्तुष्टि बढेको छ। 

महानगरको प्रमुख एमालेले लिने र उपप्रमुख लोसपाले लिने गरी सम्झौता गरिएपछि पार्टीभित्र असन्तुष्टि बढेको हो । 

नेकपा एमालेको पर्सा अध्यक्ष जय प्रकाश थारु र लोसपा अध्यक्ष पुरुषोत्तम लाल झाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

वडाको हकमा पनि आपसी समझदारीमा उम्मेदवार तय गरिने सम्झौता पत्रमा उल्लेख छ।

महानगरमा उक्त सम्झौता भएपछि लोसपामा असन्तुष्टि बढेको छ।

लोसपा महानगर अध्यक्ष ओम प्रकाश सर्राफले पार्टीमा वृहत छलफल नै नगरी एकलौटी किसिमले आफूखुशी सम्झौता गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

'हामीले आफैं मेयर, उपमेयर सहित सबै वडाध्यक्षमा लड्ने तयारी गरेका थियौं,' सर्राफले लोकान्तरसँग भने,'तर जिल्ला सभापतिले महानगर समितिसँग कुनै सल्लाह छलफल नै नगरी एमालेको शरणमा जाने गरी गरेको तालमेलका कारण सबै नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छौँ ।'

एमालेसँग गरिएको गठबन्धनका कारण लोसपालाई ठूलै क्षति पुग्ने उनले बताए। 
 

salt training

कमेन्ट गर्नुहोस्