०१ असार २०८३, सोमबार

ललितपुर अक्सिजन विस्फोट अपडेटः ग्यास भर्न आएका २ भारतीय नागरिकको मृत्यु

ललितपुर अक्सिजन विस्फोट अपडेटः ग्यास भर्न आएका २ भारतीय नागरिकको मृत्यु

ललितपुरमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा २ जनाको  भारतीय नागरिकको मृत्यु भएको छ ।

आज विहान १० बजे अक्सिजन रिफिल गर्दा ३ वटा सिलिन्डर विस्फोट हुँदा भारत, पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाउँका ४५ बर्षीय बृज महतो र २५ बर्षीय राजकुमार महतोको मृत्यु भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता सिद्धि विक्रम शाहले जनाकारी दिए । 

राजकुमार महतोको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा पर्सा घर भएका ४३ बर्षीय रमेश अधिकारी, ललितपुर महालक्ष्मी नगरपालिका–८ का ३६ वर्षकी दुर्गा पुरी, गोदावरी नगरपालिका–९ का १९ वर्षीय सुदिप तिमिल्सेना,  महांकाल गाउँपालिका–५ चन्दपुरका २२ वर्षीय ईश्वर बजगाईं, ओखलढुङ्गा घर भएकी २० वर्षीया अन्जना पौडेल र चन्द्रागिरी नगरपालिका–२ दहचोक घर भएका ४९ वर्षीय गंगाराज शर्मा घाइते भएको प्रहरी परिसर ललितपुरले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरू अक्सिजन सिलिन्डर भर्नका लागि आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्