युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई जर्मनीले मिडिया प्राइज फर फ्रीडम दिने भएको छ ।
तर प्रेस स्वतन्त्रताप्रति जेलेन्स्की कठोर देखिएका छन् ।
गत मार्च महिनामा उनले सबै टीभी च्यानलहरूले एउटै कुरा प्रसारण गर्नुपर्ने आदेश दिएका थिए अनि ११ विपक्षी दलहरूका गतिविधि बन्द गराएका थिए ।
जेलेन्स्कीको विरोध गर्ने तीनवटा टीभी च्यानल ११२ युक्रेन, न्युजवन र जिक च्यानलविरुद्ध उनले प्रतिबन्ध लगाएका थिए । त्यसपछि उनीहरूले प्रसारण रोकेका थिए ।
विपक्षी दल अपोजिसन प्ल्याटफर्म फर लाइफका नेताहरू यी च्यानलमा आएर बोल्ने गर्थे ।
युक्रेनी पत्रकारहरूको संगठनले टीभी च्यानलहरूमाथिको प्रतिबन्ध प्रेस स्वतन्त्रतामाथिको आक्रमण पनि निन्दा गरेको थियो ।