
युक्रेनको सुरक्षा परिषद्का सचिव ड्यानिलोभ ओलेक्सी म्याचेस्लाभोभिचले क्राइमियाको पुल विस्फोट गरेर उडाइदिने धम्की दिएपछि रुसले कडा प्रतिक्रिया जनाएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी भूमिमा युक्रेनले आतंकवादी आक्रमण गर्ने घोषणा गरेको बताएका छन् ।
क्राइमिया सरकारले युक्रेनबाट यस्तो काम भएमा युक्रेनका सबै प्रशासनिक भवनहरूको अस्तित्व संकटमा पर्ने बताएको छ ।
रुसले सन् २०१४ मा क्राइमिया हात पारेपछि कर्च जलसन्धिमा १९ किलोमिटर लामो पुल बनाएर क्राइमियालाई रुसी मुख्यभूमिसँग जोडेको थियो ।