२९ जेठ २०८३, शुक्रबार

पश्चिमी मुलुकहरूले सैन्य विमान युक्रेन नपठाएको जेलेन्स्कीको गुनासो

बैशाख ८, २०७९
पश्चिमी मुलुकहरूले सैन्य विमान युक्रेन नपठाएको जेलेन्स्कीको गुनासो

पश्चिमी मुलुकहरूले वाचा गरे पनि युक्रेनलाई कुनै सैन्य विमान नपठाएको गुनासो युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले गरेका छन् । 

‘हामीलाई कुनै विमान दिइएको छैन,’ फ्रान्सेली टीभी च्यानल बीएफएमटीभीसँगको अन्तर्वार्तामा जेलेन्स्कीले बताए । अन्तर्वार्ताको रेकर्डिङ युक्रेनी राष्ट्रपतिको कार्यालयले बिहीवार प्रसारण गरेको थियो । 

सहयोगी मुलुकहरूले युक्रेनलाई भारी सैन्य उपकरण दिने आशा आफूले गरेको र यस्तो सहायताका प्रयासहरू बढिरहेको आफूले देखेको उनले बताए । 

‘अहिलेसम्म हामीसँग जे छ, त्यसैले काम चलाउनुपरेको छ,’ उनले बताए । 

यसैबीच जर्मनीले युक्रेनलाई दिँदै आएको हतियारको आपूर्ति घटाउने तथा भारी हतियारको आपूर्ति पूरै रद्द गर्ने त्यहाँको बिल्ड पत्रिकाले खबर दिएको छ । 

जर्मनीका राष्ट्रपति फ्य्रांक–वाल्टर स्टेनमायरलाई युक्रेनले आमन्त्रण गर्न नमानी अपमान गरेको बदलामा जर्मनीले हतियार आपूर्तिमा लगाम लगाएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्