०४ साउन २०८३, सोमबार
एमाले सचिवालय बैठक

एमालेले वैशाख १० गते मात्रै महानगर र उपमहानगरको उम्मेदवार तय गर्ने

एमालेले वैशाख १० गते मात्रै महानगर र उपमहानगरको उम्मेदवार तय गर्ने

नेकपा एमालेले आगामी शनिवार मात्रै महानगर र उपमहानगरको उम्मेदवार तय गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले शनिवार मात्रै उम्मेदवार छनौट गर्ने निर्णय गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । 

आजको बैठकमा प्रदेश कमिटीबाट सिफारिस भएर आएको नाम महासचिव शंकर पोखरेलले पढेर सुनाएका थिए । 

सचिवालय बैठकमा उम्मेदवार छनौटको बारेमा सामान्य छलफल मात्रै भएको गुरूङले बताए । 

गण्डकी, लुम्बिनी र प्रदेश–१ मा भने प्रदेश सांसद रहेको व्यक्तिलाई स्थानीय तहको प्रमुख/उपप्रमुखमा उम्मेदवार नबनाउने गुरूङले बताए । 

‘गण्डकी, लुम्बिनी र प्रदेश–१ मा सरकार फेरबदलको सम्भावना छ । अहिले सांसदलाई स्थानीय तहमा अघि सारेर सांसद पद खाली गर्नु आत्मघाती जस्तै हुन्छ’, गुरूङले भने ।

निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवारी मनोनयनको मिति तोकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्