
काठमाडौं, २८ असार — चीनले आफ्नो २३ लाख सैनिक संख्यालाई घटाएर १० लाखभन्दा कममा झार्ने एक आधिकारिक चिनियाँ दैनिक पत्रिकाले लेखेको छ । इतिहासकै यो सबभन्दा ठूलो संख्या कटौती भएको र पुनःसंरचनाको एक प्रक्रिया भएको उक्त अखबारले लेख्यो ।

चिनियाँ सेनाको आधिकारिक पत्रिका पीएलए डेलीले जलसेना र क्षेप्यास्त्र बल लगायत अन्य सैन्य सेवाको संख्या वृद्धि गर्ने पत्रिकाले लेखेको छ ।
पत्रिकाको वीच्याट अकाउन्टमा हिजो एउटा लेख प्रकाशित भएको थियो जसमा लेखिएको थियो, ‘पुरानो सैन्य संरचनामा सैनिकको संख्या धेरै थियो र यसलाई अब सुधारपछि घटाइनेछ ।’
‘पहिलोचोटि सक्रिय पीएलए सैनिकको संख्या दश लाखभन्दा कममा घटाइनेछ,’ त्यहाँ लेखिएको छ ।
यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले पीएलएको संख्या तीन लाखले घटाउने बताएका थिए ।
एजेन्सी