
नेकपा (माओवादी केन्द्र) बाट बाँकेको नेपालगञ्ज उपमहानगरको मेयरमा दावेदार नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।
सत्तारूढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर जसपालाई दिने तालमेल केन्द्रमा भएपछि वैश्यले माओवादी केन्द्र छाडेका हुन् । उनी नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।
उनलाई राप्रपाका उपाध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले पार्टीमा स्वागत गरे ।
उनले जसरी पनि नेपालगञ्जमा आफूलाई मेयरको टिकट दिनुपर्ने विभिन्न फोरमहरुका बताउदै आएका थिए ।
वैश्य समुदायमा उनको राम्रो प्रभाव रहेको छ । २०७४ को निर्वाचनमा मेयर राप्रपा र उपमेयर कांग्रेसले जितेको थियो । राप्रपाले वैश्यलाई मेयर उठाउन सक्ने तयारी रहेको बताइएको छ ।