०१ साउन २०८३, शुक्रबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल नेपालमा विहार र पश्चिम बंगालमा आसपास रहेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव  रहेको छ।  जसका कारण शुक्रबार  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

 यस्तै दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली रहने छ।  यस्तै गण्डकी प्रदेश, बागमती तथा प्रदेश १ का  थोरै स्थान र बाकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरूमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

यसैगरी राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।  यस्तै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्