२६ जेठ २०८३, मंगलबार

गुल्मीको मदानेमा एमालेले प्रेम केसीलाई उठाउने, गठबन्धन अझै अन्योलमा

गुल्मीको मदानेमा एमालेले प्रेम केसीलाई उठाउने, गठबन्धन अझै अन्योलमा

गुल्मी मदाने गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा एमालेले प्रेम केसीको नाम सिफारिस भएको छ । 

पालिका कमिटी अध्यक्ष रहेका केसीको नाम प्रदेश कमिटीले टुंगो लगाएको हो । उपाध्यक्षमा जिल्ला कमिटी सदस्य सरीता खड्कालाई उठाउने निर्णय गरेको छ । उनी अघिल्लो स्थानीय चुनावमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 

सत्तारुढ गठबन्धनले भने अझै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । एमालेले अध्यक्षमा सिफारिस गरेका केसी अहिले गाउँमै कृषि व्यवसायमा संलग्न छन् । 

जनता समाजवादी पार्टीले भने राजेन्द्र जीसीलाई अघि सारेको छ ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा भने साझा उम्मेदवार तय गर्ने गरी छलफलमा जुटेका छन् । यो पालिकामा २०७४ को निर्वाचनमा एउटा वडाबाहेक सबै पदमा एमाले उम्मेदवार विजयी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्