१६ असार २०८३, मंगलबार

रेडपाण्डाको छालासहित २ जना पक्राउ

रेडपाण्डाको छालासहित २ जना पक्राउ
फाइल तस्वीर।

काठमाडौं महानगरपालिका-१, महेन्द्रशालीकस्थित होटल मिर्चीबाट रेडपाण्डाको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका-४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका-२ घर भएका ३८  वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

रेडपाण्डाको छाला बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई एक थान छालासहित बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्