१८ असार २०८३, बिहीबार

दार्जीलिङ तनाव : गोजमोले ग–यो आमरण अनशनको घोषणा

कात्तिक २०, २०७४
दार्जीलिङ तनाव : गोजमोले ग–यो आमरण अनशनको घोषणा

काठमाडौं, २८ असार — गोर्खा जनमुक्ति मोर्चा (गोजमो) ले जुलाई १५ अर्थात् असार ३१ गतेदेखि शुरु हुनेगरी आमरण अनशनको घोषणा मंगलवार गरेको छ ।


छुट्टै गोर्खाल्यान्ड राज्यको आन्दोलनको नेतृत्व गरेको गोर्खा मुभमेन्ट कोअर्डिनेसन कमिटीले पनि सरकारी कर्मचारीलाई कार्यालय प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

कमिटीको चार घण्टा लामो बैठकपछि यी निर्णयहरू लिइएको हो । यसका साथै गोर्खाल्यान्ड अभियानका नेताहरूले पुरस्कार फर्काउने कार्यक्रम बिहीवार गर्ने बताएका छन् । पश्चिम बंगाल सरकारले दिएका विभिन्न पुरस्कारहरू विरोधको माहोलमा उसैलाई फर्काउन लागिएको हो ।

विगत एक महिनादेखि छुट्टै गोर्खाल्यान्ड राज्यको मागसहित दार्जीलिङमा गोर्खाल्यान्ड आन्दोलन चलिरहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्