
जनता समाजवादी पार्टी (जसपा)ले विराटनगर महानगरपालिकाको उपमेयरमा आठ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय गठबन्धनको निर्णयअनुसार विराटनगरमा जसपाले उपमेयर पाएको छ । मेयर कांग्रेसले पाएको छ ।
जसपाले सिफारिस गरेको पत्रमा भने मेयर वा उपमेयर भनेर उल्लेख गरिएको छ, जसमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव तथा गत चुनावमा मेयरका उमेदवार उमेश यादवको नाम सिफारिस गरिएको छ ।
यस्तै भुराज राई, डा.रामविलास यादव, मो.नसरूल, विमला अर्याल, सदिना खातुन र कुन्ता राईको नाम उपमेयरमा सिफारिस गरिएको हो । मेयर भनेर लेखिएको भए पनि उपमेयरको सिफारिस गरिएको जसपाका केन्द्रीय सदस्य समेत रहेका प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले बताए ।
यता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने केन्द्रले गठबन्धनको टुंगो लगाए पनि तालमेल नगर्ने बताइरहेको छ ।