१२ साउन २०८३, मंगलबार

उम्मेदवार नभएको ठाउँको मतपत्रमा आफ्नो चिह्न नराख्न माओवादीले दियो निवेदन

उम्मेदवार नभएको ठाउँको मतपत्रमा आफ्नो चिह्न नराख्न माओवादीले दियो निवेदन

आफ्ना उम्मेदवार नभएका स्थानमा मतपत्रमा पार्टीको चुनाव चिह्न नराख्न नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगलाई निवेदन दिएको छ ।

माओवादीले उम्मेदवार नभएका स्थानमा आफ्नो चिह्न (गोलाकारभित्र हँसिया हथौडा) नराख्न माग गर्दै शुक्रवार आयोगलाई निवेदन दिएको हो ।

माओवादी सत्ता सहयात्री दलहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग मिलेर चुनावी मैदानमा होमिँदैछ ।

जुन क्षेत्रमा जुन दलको उम्मेदवार छैन त्यसको चिह्न मतपत्रमा हुनु नहुने माओवादीको माग छ ।

मतपत्रमा चुनाव चिह्न कायम रहँदा धेरै मत बदर हुनसक्ने चिन्ता माओवादीलाई छ ।

salt training

कमेन्ट गर्नुहोस्