२५ जेठ २०८३, सोमबार
ओलीको बोली

भ्युटावरको विरोध गरेकोप्रति ओलीको रोष- धरहरा नबनाएर धान रोप्ने धान ?

भ्युटावरको विरोध गरेकोप्रति ओलीको रोष- धरहरा नबनाएर धान रोप्ने धान ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्युटावर बनाएकोमा विरोध भएकोप्रति टिप्पणी गरेका छन् । 

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपा एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन घोषणापत्र कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भ्यूटावर बनाउँदा विपक्षी विरोध गरेको प्रति रोष प्रकट गरेका थिए ।

उनले भने, ‘भ्यूटावर बनाएको, धरहरा बनाएको भन्दै विरोध गरेका छन् । धरहरा नबनाएर के त्यहाँ धान फल्छ धान ? धरहराको टुप्पोमा लगेर धान रोप्ने हो ?’

एमालेले खेल मैदान, भ्यूटावर आदि बनाउने उनले बताए ।

युवाहरूको लागि खेल मैदान एमालेले बनाउने ओलीले बताए । 

देशमा विकासको लहर ल्याउने पार्टी एमाले मात्रै भएको उनले दावी गरेका थिए । 

एमालेलाई सबै ज्येष्ठ नागरिकले आशीर्वाद दिइरहेको र बालबालिकाले पनि माया गरेको पार्टी भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्