०६ साउन २०८३, बुधबार

मेयर लड्न मन्त्री पदबाट राजीनामा दिँदै प्रमोद यादव

मेयर लड्न मन्त्री पदबाट राजीनामा दिँदै प्रमोद यादव

मधेश प्रदेशका कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले राजीनामा दिने भएका छन् । 

नेकपा (एस)का प्रदेश सभा सदस्य रहेका उनले सिरहा नगरपालिकाको मेयरमा चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिने भएका हुन् । 

‘राजीनामा प्रक्रिया अगाडि बढेको छ,’ उनले भने । 

तर, अहिलेसम्म प्रदेश सभामा राजीनामा पत्र भने नआएको प्रदेश सभा सचिव रञ्जीत यादवले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्