
मधेश प्रदेशका कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले राजीनामा दिने भएका छन् ।
नेकपा (एस)का प्रदेश सभा सदस्य रहेका उनले सिरहा नगरपालिकाको मेयरमा चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिने भएका हुन् ।
‘राजीनामा प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।
तर, अहिलेसम्म प्रदेश सभामा राजीनामा पत्र भने नआएको प्रदेश सभा सचिव रञ्जीत यादवले जानकारी दिए ।