११ साउन २०८३, सोमबार

नेपाल-भारत रेल्वे समन्वय समितिको बैठकमा के-के विषयमा भयो छलफल ?

जेठ २९, २०८३
काठमाडौं
नेपाल-भारत रेल्वे समन्वय समितिको बैठकमा के-के विषयमा भयो छलफल ?

नेपाल र भारतबीचको क्रस-बोर्डर रेल्वे लिंक र रेल्वे क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा समीक्षा गर्न गठित दुई महत्वपूर्ण संयन्त्रको बैठक काठमाडौंमा सम्पन्न भएको छ। 

बिहीबार र शुक्रबार काठमाडौंमा १०औँ प्रोजेक्ट स्टेयरिङ कमिटी र ८औँ जोइन्ट वर्किङ ग्रुपको बैठक बसेको हो।

बैठकमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेका जयनगर–विजलपुरा–बर्दिवास र जोगवनी–विराटनगर ब्रोडगेज रेल्वे आयोजनाहरूको कार्यान्वयनको वर्तमान अवस्थाबारे विस्तृत छलफल भएको नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस पटकको बैठकमा जनकपुर र भारतको अयोध्या जोड्ने रेल सेवाको विषयमा समेत छलफल भएको छ। दुई देशका अधिकारीहरूबीच जनकपुर–अयोध्या खण्डमा यात्री रेल सेवा सञ्चालनका लागि आवश्यक ‘स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर’ बारे गहन छलफल भएको विज्ञप्तिमा उल्लेख छ । 

null
यसैगरी, निकै प्रतिक्षित मानिएको रक्सौल–काठमाडौं ब्रोडगेज रेल्वे लिंकको ‘फाइनल लोकेसन सर्वे’ रिपोर्टका विषयमा पनि बैठकमा समीक्षा गरिएको छ। यसले राजधानी काठमाडौंलाई भारतको रेल सञ्जालसँग जोड्ने योजनालाई अगाडि बढाउन मद्दत गर्ने दूतावासको भनाइ छ । 

नेपालको पूर्व–पश्चिम रेल्वे लिंकका लागि आवश्यक पर्ने प्राविधिक सहयोगका साथै अन्य सम्भावित थप रेल्वे लिंकहरूका बारेमा समेत बैठकमा कुराकानी भएको छ। दुवै पक्षले रेल्वे क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउन र चलिरहेका आयोजनाहरूलाई समयमै सम्पन्न गर्न निरन्तर संलग्न रहने प्रतिबद्धता जनाएका छन्।

salt training

कमेन्ट गर्नुहोस्