शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताएका छन् । विद्युतीय सवारी साधनसम्बन्धी आजको अन्तरक्रियामा उनले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताए ।
पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै मन्त्री पौडेलले विद्युतीय सवारीको प्रयोगलाई बढवा दिनुपर्नेमा जोड दिए ।
उनले देशमा वायुप्रदूषण बढिरहेको बताउँदै प्रदूषण नियन्त्रणका लागि आवश्यकपर्ने उपयुक्तविधि पहिल्याउन अनुसन्धानकर्तालाई आग्रह गरे । “मूल्य वृद्धि र वायुप्रदूषण दिनप्रतिदिन बढिरहेको छ”, मन्त्री पौडेलले भने, “अहिलको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सवारीको प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।”