२६ असार २०८३, शुक्रबार

तुलसीपुरमा गठबन्धनबाट गेहेन्द्र गिरि उम्मेदवार

बैशाख १०, २०७९
तुलसीपुरमा गठबन्धनबाट गेहेन्द्र गिरि उम्मेदवार

दाङको  तुलसीपुर उपमहानगरपालिकामा सत्तारुढ  गठबन्धनबाट  नेपाली कांग्रेसका  गेहेन्द्र गिरी मेयरका उम्मेदवार बन्ने भएका छन । तुलसीपुरमा गिरी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेका हुन् । उनी पुर्ब सांसद हुन । 
कांग्रेस लुम्बिनी प्रदेशले गिरीलाई मेयरको उम्मेदवार बनाएको तुलसीपुर पठाइसकेकाे उपमहानगर सभापति सुरेश हमालले जानकारी दिए । गिरी २०५६ सालको मध्यावधि चुनावमा दाङ क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित भएका थिए । उनी यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि तुलसीपुर उपमहानगरपालिकाको मेयरमा चुनाव लडेका थिए । त्यति बेला गिरी एमालेका घनश्याम पाण्डे सँग ४ हजार ६०० भन्दा बढी मतले पराजित भएका थिए ।

गिरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् । तुलसीपुरमा उपमेयर भने नेकपा समाजवादीलाई भाग परेको छ । समाजवादीले उपमेयरमा जोग बहादुर रानालाई टिकट दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्