
महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरू भएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शुरू भइसक्दा पनि कांग्रेसले ठूला स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ ।
यसअघि शनिवार दिनभर र राति अबेरसम्म आन्तरिक छलफल भए पनि उम्मेदवारका सम्बन्धनमा अन्तिम निर्णय लिन बाँकी छ ।
कांग्रेससहित सत्तारुढ गठबन्धनले भोलिमात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।
कांग्रेसले आजै घोषणापत्र पनि सार्वजनिक गर्दैछ । दिउँसो १ बजेपछि पार्टी कार्यालय सानेपाबाटै घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी छ ।