१२ साउन २०८३, मंगलबार

रुसको ग्यासमा प्रतिबन्ध लगाउँदा युद्ध नरोकिने जर्मनीको जिकिर

बैशाख ११, २०७९
रुसको ग्यासमा प्रतिबन्ध लगाउँदा युद्ध नरोकिने जर्मनीको जिकिर

रुसको ग्यासमाथि प्रतिबन्ध लगाउँदा युक्रेन युद्ध नरोकिने जिकिर जर्मनीका चान्सलर ओलाफ शोल्जले बताएका छन् । 

बर्लिनले रुसबाट आउने ऊर्जा स्रोतहरूलाई अस्वीकार गर्न नसक्ने उनको भनाइ छ । त्यसो गर्दा अर्थतन्त्रमा धेरै क्षति पुग्ने र युक्रेन युद्ध पनि नरोकिने उनले जिकिर गरे । 

जर्मनीले नाटकीय आर्थिक संकट तथा लाखौं रोजगारी गुम्ने र उद्योग बन्द हुने समस्यालाई टार्न खोजेको शोल्जको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्