११ साउन २०८३, सोमबार

धादिङमा गठबन्धनको प्रदेश संयन्त्रले टुंग्यायो भागबण्डा, थाक्रेको टुंगो जिल्लाले लगाउने

बैशाख ११, २०७९
धादिङमा गठबन्धनको प्रदेश संयन्त्रले टुंग्यायो भागबण्डा, थाक्रेको टुंगो जिल्लाले लगाउने

स्थानीय चुनावका लागि धादिङमा गठबन्धन दलहरूबीच भागबण्डा टुंगिएको छ ।

गठबन्धनको बाग्मती प्रदेश संयन्त्रले जिल्लाका १३ मध्ये १२ स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो ।

भागबण्डाअनुसार ७ स्थानीय तह कांग्रेसको भागमा परेको छ भने नेकपा (माओवादी केन्द्र)ले ३ र एकीकृत समाजवादीले २ स्थानीय तह पाएका छन् । 

थाक्रे गाउँपालिकामा भने जिल्लास्तरीय संयन्त्रले टुंगो लगाउने छ ।

भागबण्डाअनुसार कांग्रेसले नीलकण्ठ नगरपालिका तथा खनियाबास, सिद्धलेक, गंगाजमुना, ज्वालामुखी, त्रिपुरासुन्दरी र नेत्रावती गाउँपालिका पाएको छ ।

यस्तै माओवादीको भागमा गजुरी, बेनिघाट रोराङ र रुवीभ्याली गाउँपालिका परेको छ ।

यस्तै एकीकृत समाजवादीले धुनीबेसी नगरपालिका र गल्छी गाउँपालिका पाएको छ ।

जिल्ला समन्वय समिति प्रमुख कांग्रेसले पाउने छ भने उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ ।

टुंगिन बाँकी रहेको थाक्रेमा यसअघि माओवादीले अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको थियो । अब नयाँ शिराबाट छलफल हुनेछ ।

थाक्रेमा एमालेपछि तुलनात्मक रूपमा माओवादीको संगठन राम्रो रहेको मानिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्