
मेयरको टिकट नदिएको भन्दै जनता समाजवादी पार्टीका नेताहरूलाई कुटपिट गरेका निवर्तमान मेयरले लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरी टिकट लिएका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादवले जनता समाजवादी पार्टीबाट टिकट नपाएपछि पार्टी परित्याग गरी लोसपाबाट टिकट लिएका हुन् ।
आफूलाई टिकट नदिएपछि टिकट वितरण गर्ने जसपाका कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, प्रदेश उपाध्यक्ष शेषनारायण यादवसहित १०-१२ जना नेताहरूलाई यादवको समूहले आज बैठकमै कुटपिट गरेको थियो ।
कुटपिटलगत्तै उनी लोसपा प्रवेश गरेका हुन् ।
यादवलाई लोसपाका धनुषा अध्यक्ष परमेश्वर साह सुडी, प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया लगायतले पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश लगत्तै उनले मेयर पदको टिकट पाएका छन् ।