
राष्ट्रिय प्रजातन्त्र पार्टीले ललितपुरको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गरेको छ ।
प्रमुखमा अष्टबहादुर महर्जन र उपप्रमुखमा स्वर्णिमा शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् ।
महर्जनले आफूले जितेमा ग्रामीण क्षेत्रमा करको दायरा घटाउने प्रतिबद्धता जनाएका छन् ।
उपप्रमुखकी उम्मेदवार शाक्यले संस्कृति र विकास सँगसँगै लैजाने बताइन् । उनी आर्किटेक्ट पनि हुन् ।
त्यस्तै राप्रपाबाट वडा नं. १ अध्यक्षमा निर्मल शर्मा, ३ मा ज्ञानेन्द्र बिडारी, ४ मा देवकुमार खड्का, ११ मा विजेन शाही, १२ कृष्ण अवाले, १३ गगन केसी, १४ कविर स्वर्ण, २१ पञ्चराम महर्जन, २२ सुरेश तुलाधर, २६ पुरुषोत्तम कुमार थापा, २७ चिनीराज महर्जन र २८ को अध्यक्षमा ज्ञानेन्द्र महर्जनले उम्मेदवारी दिएका छन् ।
त्यसतै वडा नंं १० मा स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकारलाई समर्थन गर्ने बताइएको छ ।
