०८ असार २०८३, सोमबार

जग्गा दर्ता गराउँदा १ लाख ५० हजार घुस लिने ताप्लेजुङका मालपोत अधिकृत अख्तियारको नियन्त्रणमा

बैशाख ११, २०७९
जग्गा दर्ता गराउँदा १ लाख ५० हजार घुस लिने ताप्लेजुङका मालपोत अधिकृत अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महतलाई नियन्त्रणमा लिएको छ ।

आयोगले १ लाख ५० हजार रुपैयाँ सहित कार्यालय प्रमुख महतलाई फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट नियन्त्रणमा लिएको हो ।

पनेरुले जग्गा दर्ता कायम गर्ने क्रममा सेवाग्राहीसँग घुस १ लाख ५० हजार रुपैयाँ मागिरहेको सूचना तथा निवेदनका आधारमा आयोगले उनलाई नियन्त्रणमा लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्