
एनआइसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजार रुपैयाँसम्म छुट दिने भएको छ ।
ग्राहकले दराज, ग्यापु, सस्तोडिल, भोजमाण्डु, फूड बाइट, युजी बजार, खानपीन जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा छुट पाउनेछन् ।
यस्तै ट्याक्सीमाण्डु, यती एयरलाइन्स, सोनी लाइभ, अल्ट बालाजीका अनलाईन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा एनआईसी एसिया मोबैंक मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।
यसका लागि ग्राहकहरुले यस बैंकको वेबसाइटबाट अनलाइन खाता खोली उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले ग्राहकलाई एसएमएस वा इमेल मार्फत ती मर्चेन्टहरूले दिएको प्रोमो कोड वा डिस्काउन्ट लिंक पठाउने व्यवस्था गरेको छ ।
बैंकले पठाएको प्रोमो कोड वा डिस्काउन्ट लिंक प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ आषाढ मसान्तसम्म लागू बैंकले जनाएको छ ।