
सल्यानमा स्काभेटर दुर्घटना हुँदा आइतवार दुई जनाको मृत्यु भएको छ ।
बागचौर नगरपालिका–६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो । एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–४ हापुरेका चालक ३३ वर्षीय देवराज खत्री र सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का १८ वर्षीय चित्रबहादुर विक रहेका छन् ।
दुर्घटनामा परी घाइते भएका बागचौर-६ का धनबहादुर वलीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
बागचौर–६ मैढोले हुँदै जामुनेचौर जोड्ने सडक चौडा गर्ने क्रममा रा १ क ७१९ नम्बरको स्काभेटर दुर्घटना भएको थियो ।