
अस्ट्रियाका परराष्ट्रमन्त्री अलेक्जेन्डर शालेनबर्गले युक्रेनलाई युरोपेली संघ (ईयू) को सदस्यता दिन नहुने बताएका छन् ।
शालेनबर्गले लेख आम आर्लबर्गमा युरोपेली सञ्चारमाध्यम सम्मेलनमा यो कुरा बताएको युक्रेनी सञ्चारमाध्यमले खबर दिएका छन् ।
आउँदो जुन महिनामा युक्रेनलाई ईयूको उम्मेदवार हैसियत दिन नहुने शालेनबर्गले बताए । बाल्कन क्षेत्रका कतिपय मुलुकले ईयूको उम्मेदवारी हैसियत धेरै संघर्ष गर्नुपरेको अनि युक्रेनले खासै केही नगरी हैसियत पाउनु ठीक नभएको उनको भनाइ छ ।
भविष्यमा पनि युक्रेन ईयूको सदस्य बन्नुको अर्थ नरहेको शालेनबर्गले बताए भनी होयटे पत्रिकाले लेखेको छ । युक्रेनलाई युरोपमा जोडाउन अन्य उपाय रहेको उनको भनाइ छ । युरोपको साझा आर्थिक क्षेत्रमा युक्रेनलाई जोड्न सकिने उनले बताए ।