×

NIC ASIA

स्थानीय चुनाव

लुम्बिनीका ४ उपमहानगरमा एमालेका उम्मेदवार को कति बलिया ?

बैशाख ११, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनको लागि लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकामा उम्मेदवारको टुंगो  लगाएर चुनावमा होमिएको छ ।

Muktinath Bank

घोराहीका मेयर नरूलाल चौधरीबाहेक अन्य सबै मेयर र उपमेयरका उम्मेदवारमा एमालेले नयाँ अनुहारलाई अगाडि सारेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार राति सम्पन्न पार्टी सचिवालय बैठकले लुम्बिनी ४ उपमहानगरमा उम्मेदवार फाइनल गरेको हो । 


Advertisment
Nabil box
Kumari

२०७४ को निर्वाचनमा लुम्बिनीका ४ उपमहानगरमध्ये एमाले ३ वटा उपमहानगरमा मेयर उपमेयरसहित बहुमत वडामा विजयी भएको थियो । यस पटक पनि एमाले आफ्नो पकड कायम गर्ने प्रयासमा छ । 

Vianet communication

अहिले सबै पालिकामा सत्तारुढ गठबन्धनले तालमेल गरेर अगाडि बढेका छन् भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ । 

अहिले प्रदेश मुकाम रहेको बुटवल उपमहानगरपालिकामा एमाले प्रदेश कमिटी सदस्य बाबुराम भट्टराईलाई मेयर र उपमेयरमा पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्याललाई अगाडि सारेको छ । भट्टराई गएको निर्वाचनमा नै मेयरमा र अर्याल उपमेयरका दाबेदार थिए ।

सबैको चासोको केन्द्रमा रहेको बुटवलमा एमालेले उम्मेदवार टुंग्याएपछि चुनावी माहोल झनै तातेको छ । भट्टराई औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष हुन् । 

एमालेका राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईका सहोदार भाइ बाबुरामले बौद्धिक नेताका रुपमा आफ्नो परिचय बनाएका छन् । 

त्यस्तै, उपमेयरकी उम्मेदवार अर्याल सामाजिक क्षेत्रमा क्रियाशील छिन् । 

बुटवल एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृहनगर हो । १९ वडा रहेको बुटवलमा १६ वडा सहित एमालेले गएको निर्वाचनमा जित निकालेको थियो । 

बुटवलमा अहिलेका मेयर शिवराज सुवेदीले कांग्रेसका खेलराज पाण्डेलाई २ हजार ३९८ मतान्तरले जितेका थिए । त्यस्तै उपप्रमुखमा १० हजार भन्दाबढी मतान्तर थियो । मेयर सुवेदीले २३ हजार २४९ मत ल्याएका थिए भने पाण्डेको मत २० हजार ८५१ थियो । 

त्यस्तै आचार्यको २५ हजार ३०१ र माओवादीबाट उपमेयरका उम्मेदवार बनेका जगतबहादुर पोखरेलको १४ हजार ७९२ थियो । 

बुटवलमा अहिले ९० हजार मतदाता रहेका छन् । यो संख्या गएको निर्वाचनको भन्दा २४ हजारले बढी हो । गठबन्धनबाट बुटवलमा गएको निर्वाचनमा उम्मेदवार रहेको खेलराज पाण्डेलाई नै अगाडि सार्ने तयारी गरेको छ । उनको एकल नाम सिफारिस भएको छ । 

नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले कार्यकर्ताको चाहनाअनुसार पार्टीले उम्मेदवार छनौट गरेको भन्दै सबै क्षेत्रमा एमाले उम्मेदवार विजयी हुने दाबी गरे । 

त्यस्तै, दाङको घोराही उपमहानगरपालिकामा अहिलेका मेयर नरुलाल चौधरीलाई एमालेले दोहोर्‍याएर उम्मेदवार बनाएको छ । उपमेयरमा भने नयाँ अनुहार हुमा डिसीलाई एमालेले अगाडि सारेको छ । 

गएको निर्वाचनमा चौधरी २२ हजार ३० मतका साथ विजयी भएका थिए । उनले कांग्रेसका भूपबहादुर डाँगीलाई पाँच हजार बढी मतान्तरले पराजित गरेका थिए । डाँगीको मत १७ हजार ४८४ थियो । उपमेयर सीता सिग्देलको नाम नगरबाट मेयरमा सिफारिस भएर गए पनि चौधरीलाई नै पार्टीले दोहोर्‍याएको हो । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हेमराज शर्माको नाम सिफारिस भएको छ । त्यस्तै, उपमेयरमा गएको निर्वाचनमा पराजित डाँगीलाई उपमेयरको उम्मेदवार बनाउने गरी नाम सिफारिस भएको छ । 

घोराही देशकै ठूलो उपमहानगर हो । उपमेयरमा टिकट पाएकी हुमा महिला अधिकारको क्षेत्रमा क्रियाशील छिन् । 

त्यस्तै, दाङकै तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमालेले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई अगाडि सारेको छ भने उपमेयरमा स्यानी चौधरीलाई उम्मेदवार बनाएको छ ।

तुलसीपुरका एमालेबाट उम्मेदवार बनेका दुवै जना नयाँ अनुहार हुन् । खड्का एमाले विभाजन हुनु अगाडिसम्म माधवकुमार नेपाललाई साथ दिँदै आएका थिए । उनलाई मेयरको टिकट दिने आश्वासनपछि एमालेमै रहेका थिए । एमाले महासचिव शंकर पोखरेलले खड्कालाई टिकट दिने वाचा एमाले विभाजन हुनु अगाडि गरेको एमालेका स्थानीय नेता कार्यकर्ता बताउँछन् ।

गएको निर्वाचनमा एमालेबाटै मेयरमा घनश्याम पाण्डेले कांग्रेसका गेहेन्द्र गिरीलाई पराजित गरेका थिए । पाण्डेको २२ हजार ८५७ मत र गिरीको १८ हजार ९०३ मत थियो । उपमेयर माया शर्मालाई भने यस पटक पार्टीले अगाडि सारेन । उपमेयरमा टिकट पाएकी स्यानी अधिकारकर्मीको रुपमा क्रियाशील छिन् । अहिले गठबन्धनले पुनः गिरीलाई नै अगाडि सारेको छ । एमाले नेता खड्का कार्यकतामाझ सरल नेताको रुपमा परिचित छन् ।  

बाँकेको नेपालगञ्जमा एमालेले यसपटक नवप्रवेशीलाई मेयरको टिकट दिएको छ । एमालेले मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्तिदेवी ढकाललाई उम्मेदवार बनाएको हो । हृदयेश त्रिपाठी समूहका क्रियाशील मिश्रलाई नेपालगञ्जको मेयरको उम्मेदवार बनाउने गरी ओलीले गएको फागुनमा पार्टीमा भित्र्याएका थिए । 

गएको निर्वाचनमा नेपालगञ्जको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डा. धवल शमशेर राणा र उपमेयरमा कांग्रेसकी उमा थापा मगर निर्वाचित भएका थिए । 

गएको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका शमसुद्धिन सिद्धिकी एमाले विभाजनसँगै नेकपा एकीकृत समाजवादीमा लागेका छन् । गएको निर्वाचनमा राणाले १२ हजार ५१५, थापा मगरले १० हजार ७३३ मत ल्याएका थिए । 

त्यसबेला एमालेका उम्मेदवार तेस्रो स्थानमा थिए । २३ वडा रहेको नेपालगञ्जमा ८ वडामा कांग्रेस, ६ वडामा एमाले, राप्रपा, जसपा र माओवादी केन्द्र ३/३ वडामा जितेका थिए । नेपालगञ्जमा ८० हजार ७०० मतदाता छन् । 

सत्तारुढ गठबन्धनले अझै उम्मेदवार टुंगो लगाएको छैन । लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये सबैभन्दा चासोमा यी चार उपमहानगरपालिका छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x