२३ असार २०८३, मंगलबार

काउन्सिलबाट सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन–१०५ वटा उल्लङ्घन

बैशाख ११, २०७९
काउन्सिलबाट सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन–१०५ वटा उल्लङ्घन

स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता लागु भएको दिनदेखि प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चारमाध्यमका सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गर्दा १०५ वटा मा आचारसंहिता उल्लङ्घन  भएको उल्लेख  गरेको छ । उक्त अध्ययनबाट पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै पत्रकार तथा सञ्चारमाध्यमले  कुनै राजनीतिक दलको समर्थन÷विरोध नगर्न काउन्सिलले आज एक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो । 

कतिपय अग्रज पत्रकारले समेतले यस्ता अभिव्यक्ति राखेको पाइएकाले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताप्रति ध्यान दिन काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
                                       
पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ मा पत्रकार एवम् सञ्चारमाध्यमले प्रयोग गर्ने सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको प्रवृत्तिगत अध्ययन गर्ने व्यवस्था रहेको छ  । यस्तै निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ (च) मा 
‘कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने’ भन्ने व्यवस्था रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्