
टिकटको विषयमा विवाद हुँदा काभ्रेको नमोबुद्ध नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । सो क्रममा एक समूहले नगरपालिकाका मेयरका दावेदार रोशन पाण्डेमाथि कुटपिट भएको छ । बनेपामा पाण्डेलाई काँग्रेस काभ्रेका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामा समूहले कुटपिट गरेको आरोप लागेको छ । कुटपिटबाट पाण्डेको शरीरको विभिन्न भागमा चोट लागेको छ ।
कुटपिटमा परेका पाण्डेलाई उपचारका लागि शिर मेमोरियल अस्पतालमा लगिएको बताइएको छ । काभ्रे प्रहरीले घटनाबारे जानकारी प्राप्त भएपछि अभियुक्तको खोजतलास भइरहेको जनाएको छ ।