१२ असार २०८३, शुक्रबार

'सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर'

बैशाख १२, २०७९
'सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर'

 प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको संकल्पका रूपमा रहेको ८८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ ।

कांग्रेसको घोषणापत्र

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममार्फत संयुक्त रूपमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा स्थानीय सरकार आफ्नो नेतृत्वमा आए के गर्ने के नगर्ने विषय उल्लेख गरेको छ । ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर, गाउँदेखि केन्द्रसम्म नेपाली कांग्रेसको सरकार’ नारा तय गर्दै ल्याएको घोषणापत्रमा कांग्रेसले शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत, वातावरण, सेवाप्रवाह, स्थानीय पूर्वाधार, कृषि, रोजगारी, उद्यमलगायतमा जोड दिएको छ ।

कांग्रेसले घोषणापत्रमा भ्युटावर र गेट बनाउने कार्यलाई अनावश्यक रूपमा प्राथमिकतामा नराखिने भनेको छ । कांग्रेसले आफूले जित्ने स्थानीय तहहरूमा एक वर्षभित्र स्थानीय सरकारलाई थप स्रोतसाधन सम्पन्न बनाउन कर्मचारी व्यवस्थापन गरी आवश्यक जनशक्ति पदपूर्ति गर्ने व्यवस्था गर्ने तथा क्षमता अभिवृद्धिका लागि आवश्यक संरचना बनाउने भनेको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्