१० असार २०८३, बुधबार

मेलम्चीको पानी वितरण

बैशाख १२, २०७९
मेलम्चीको पानी वितरण

मेलम्चीको  पानी  काठमाडौँ  उपत्यकामा  वितरण शुरू भएको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले  आइतबार  काठमाडौँको  नयाँ  बानेश्वरस्थित  मीनभवन  वितरण  केन्द्रबाट  मेलम्चीको  प्रशोधित पानी वितरण सुरु गरे ।

घर–घरका धारामा पठाइएको प्रशोधित पानी पूर्ण रूपमा शुद्ध रहेको जनाइएको छ ।नेपाल सरकारले पूर्वघोषणा गरेबमोजिम गत चैत २९ गते मेलम्ची खोलाको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पथान्तरण भएको थियो ।

त्यसरी आएको  पानीको  गुणस्तर  र  परीक्षण  पूरा  गरी  पिउनयोग्य  बनाएर  वितरण  गरिएको  खानेपानी  मन्त्रालयले जनाएको छ । वि.सं.  २०४८  सालको  प्रतिनिधि  सभाको  चुनावमा   तत्कालीन   प्रधानमन्त्री   कृष्णप्रसाद   भट्टराईले मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने  प्रतिबद्धता  व्यक्त  गरेका थिए ।

 खानेपानीमन्त्री चौधरीले आइतबार पत्रकार सम्मेलन गरी सन्त नेता स्वर्गीय भट्टराईको परिकल्पना ३० दशकपछि पूरा गर्न पाउनु आफ्ना लागि गौरवपूर्ण रहेको बताए ।

गत  वर्ष  मेलम्चीको  पानी  हतार–हतारमा  वितरण  गर्दा  पूर्ववर्ती  सरकारले  परिकल्पनाकार  स्वर्गीय  भट्टराईको  नामसमेत  उच्चारण  नगरी  पूर्वाग्राही सोच र गलत संस्कार प्रदर्शन गरेकोमा मन्त्री चौधरीले दुःख व्यक्त गरे ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्