२५ असार २०८३, बिहीबार

विराटनगरको मेयरमा एमालेबाट थापा  र उपमेयरमा कार्की उम्मेदवार सिफारिस

बैशाख १२, २०७९
विराटनगरको मेयरमा एमालेबाट थापा  र उपमेयरमा  कार्की उम्मेदवार सिफारिस

नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा महानगर कमिटी अध्यक्ष सागर थापालाई उम्मेदवार बनाउने भएको छ ।

उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निरौला कार्कीलाई उम्मेदवार बनाउने भएको हो ।

राती अबेर महानगरको मेयर र उपमेयर पदको अन्तिम नामा टुङ्गो लागेको एमाले मोरङका सचिव  रुपेश खतिवडाले बताए । महानगरको टुङ्गो  भने केन्द्रले लगाउने भएकाले केही ढिलो भएको खतिवडाले बताए । 

केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटि सदस्य पर्शुराम बस्नेत र महेश भट्टराई र महानगर कमिटी अध्यक्ष सागर थापाको नाम सिफारिस महानगर कमिटीले सिफारिस गरेको थियो । प्रदेश कमिटीले भने  केन्द्रीय सदस्य जीवन घिमिरेको नाम समेत पठाएको थियो । 

त्यसैगरी उपमेयरमा शिल्पा कार्की, विमला दाहाल (घिमिरे) र अन्जु उपाध्याय (शिवा) को नाम सिफारिस गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्