२९ जेठ २०८३, शुक्रबार

नेपालको पहिलो र एक मात्र टाईल्स ब्राण्ड 'नेपोभिट टाईल्स' सार्वजनिक

बैशाख १२, २०७९
नेपालको पहिलो र एक मात्र टाईल्स ब्राण्ड 'नेपोभिट टाईल्स' सार्वजनिक

नेपाली बजारमा नेपोभिट टाईल्स सार्वजनिक गरिएको छ ।

नेपाल सेरामिक इन्डस्ट्रिज प्राइभेट लिमिटेडले बैशाख ९ गते हायात रेजेन्सी, काठमाडौँमा महानायक राजेश हमाल तथा देशभरिको डिलरको उपस्थितिमा नेपोभिट टाईल्स सार्वजनिक गरेको हो । 

नेपोभिट टाईल्स नेपालको पहिलो र एक मात्र टाईल्स उत्पादन गर्ने ब्राण्ड हो।  नेपालमै आकर्षक र गुणस्तरीय टाईल्स सर्वसाधारणलाई उपलब्ध गर्ने सोचसहित नेपाली बजारमा आएको हो । 

विदेशी टाईल्सको आयात निकै बढेपछि आफ्नै देशमा उप्तादन गर्न सक्ने क्षमता देखेर नेपोभिट टाईल्सको स्थापना भएको कम्पनीको जनाएको हो। उद्घाटन समारोहमा महानायक राजेश हमालले आफु  नेपोभिट टाईल्सको सदभावदूत भएको सार्वजनिक गर्दै नेपोभिट टाईल्सको गुणस्तर, बजारमा प्रभाव अनि यसको अत्याधुनिक फ्याक्ट्रीको बारेमा चर्चा गरे।  

नेपोभिट टाईल्स विश्व प्रतिष्ठित इटालियन टेक्नोलोजीको साथ उत्कृष्ट कच्चा पदार्थ प्रयोग गरेर बनेका छन् । फेवा, डाँफे, गुराँस जस्ता विभिन्न डिजाइनमा उपलब्ध छन् । यस टाईल्सका  विभिन्न उत्पादनहरू घरेलु तथा व्यावसायिक भवनहरूमा प्रयोग गर्न सकिन्छ ।
  
समारोहको उद्घाटन गर्ने क्रममा नेपोभिट टाईल्सको अध्यक्ष शम्भुनाथ शाहले भने, “नेपालमै टाईल्स उत्पादन गरेर देशभित्रको माग पुरा गर्दै विदेशी टाईल्सको आयात घटाउनु साथै नेपाली उत्पादनलाई विदेशतिर निर्यात गर्दै वैदेशिक मुद्रा देशमा भित्राउने हाम्रो सोच हो ।”

त्यस्तै, नेपोभिट टाईल्सको निर्देशक मनोज प्रसाद रौनियारले भने, “नेपाली जनतालाई रोजरूरु उपलब्ध गराउनेछौ।” सन् २०२२ मा स्थापना भएको नेपोभिट टाईल्सको कारखाना दक्षिणी नेपालको तराइ क्षेत्र अन्तर्गत बारा जिल्लाको जीतपुर उपमहानगरपालिका वडा न। ८ मा अवस्थित छ। नेपालमा अत्यधिक मात्रामा टाईल्स प्रयोग भए पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था छ तर नेपाली कम्पनीहरूको आगमनले यो प्रक्रिया घट्दै गरेको छ । 

आफ्नै माटो, आफ्नै शान भनेर नारा लगाउदै नेपोभिट टाईल्सले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै नेपाली बजारमा बिस्तारै आफ्नो पकड लिन थालिसकेको छ।

salt training

कमेन्ट गर्नुहोस्