
राप्रपाले विराटनगर महानगरपालिकाको मेयर पदमा पार्टीका महामन्त्री प्रह्लाद साहलाई उम्मेदवार बनाएको छ ।
शुक्रवार बसेको पार्टी बैठकले महामन्त्री साहलाई मेयरमा उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
साह विराटनगरका पूर्व मेयर समेत हुन् ।
यस्तै बैठकले उपमेयरमा बबिता शर्मालाई उम्मेदवार बनाएको छ ।