२२ जेठ २०८३, शुक्रबार

आर्थिक एवम् सहकारी क्षेत्रमा पत्रकारिता पुरस्कार स्थापना

कात्तिक २०, २०७४
आर्थिक एवम् सहकारी क्षेत्रमा पत्रकारिता पुरस्कार स्थापना

विराटनगर, २८ असार - सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरले वार्षिकरुपमा प्रदान गर्नेगरी ‘ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार’ यहाँ आज स्थापना गरेको छ ।

राष्ट्रियस्तरमा सहकारी र आर्थिक क्षेत्रमा कलम चलाउने एक जनालाई वार्षिक रुपमा प्रदान गर्ने उद्देश्यले रु ३१ हजार राशिको पुरस्कार प्रदान गर्नेगरी कोष स्थापना गरिएको हो ।

पुरस्कारका लागि दाता दिनबन्धु गोयलसँग आज सञ्चारकर्मी सहकारी सहकारी संस्थाका अध्यक्ष मोहन भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । पुरस्कारका लागि गोयलले अक्षयकोष स्थापना गर्न सञ्चारकर्मी सहकारी संस्थालाई रु तीन लाख प्रदान गर्नुभएको छ ।

सहकारी र आर्थिक क्षेत्रको विकासका लागि पत्रकारिताका माध्यमबाट अझ सहयोग पुगोस् भन्ने उद्देश्यले राष्ट्रियस्तरको पुरस्कार स्थापना गरिएको गोयलले बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्