२४ जेठ २०८३, आइतबार

टिकटको लोभमा ५ दिनअघि एमाले प्रवेश, नपाएपछि अर्को दल खोज्दै

बैशाख १२, २०७९
टिकटको लोभमा ५ दिनअघि एमाले प्रवेश, नपाएपछि अर्को दल खोज्दै
फाइल तस्वीर।

नेकपा एमालेले जनकपुरधाम उपमहानगरको मेयरमा शिवशंकर साह (हिरा) लाई टिकट दिएपछि ५ दिन अघि मात्रै एमाले प्रवेश गरेका जानकीराम साहले पार्टी परित्याग गरेका छन् । 

तत्कालीन राजपाबाट जनकपुरधाम उपमहानगर-७ को वडाध्यक्षमा निर्वाचित साहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका थिए ।

साहलाई लोसपाको उपमहानगर कमिटीले मेयर पदको दाबेदारका रुपमा सिफारिस पनि गरेको थियो । तर, टिकट नपाउने सोचेर उनी एमाले प्रवेश गरेका थिए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पार्टी प्रवेश गरेका साहलाई ओलीले टिकट दिने आश्वासन दिएका थिए । तर, पहिलेदेखि नै सिफारिस गरिएका हिरालाई एमालेले टिकट दिएको छ । 

टिकट नपाएपछि अहिले जानकीराम साह तमलोपा वा स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिने तयारीमा छन् । 

'साथीहरूसँग सल्लाह गर्दैछु, तराई मधेश लोकतान्त्रिक पार्टी वा स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिने सोचेको छु,' उनले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्