१० असार २०८३, बुधबार

चीनले अन्तरिक्ष रक्षा प्रणाली विकसित गर्ने

बैशाख १२, २०७९
चीनले अन्तरिक्ष रक्षा प्रणाली विकसित गर्ने

चीनले क्षुद्रग्रहहरूको प्रभावकारी निगरानी तथा तिनीहरूको बाटो परिवर्तन गर्न सक्ने क्षमता भएको प्रणाली विकसित गर्न खोजेको छ । पृथ्वीमा ठोकिन आउने क्षुद्रग्रहबाट बचाउन यस्तो प्रणाली चीनले विकसित गर्न खोजेको हो । 

चीनको अन्तरिक्ष निकायका उपप्रमुख वु यानह्वाले सन् २०२५ सम्ममा चीनले परीक्षणका रूपमा एउटा क्षुद्रग्रहमा प्रहार गर्न खोजेको बताए । 

पृथ्वी नजिक आउने क्षुद्रग्रहको निगरानी र प्रतिरक्षा प्रणाली बनाउन लागिएको छ । त्यसले अन्तरिक्षयानलाई समेत सुरक्षा दिनेछ, वुले चीनको सीसीटीभी च्यानलसँग कुरा गर्दै बताए । 

यस प्रणालीमा स्थलगत तथा अन्तरिक्षगत दुवैथरी तत्त्वहरू हुन् । यसले पृथ्वीलाई खतरामा पार्न सक्ने क्षुद्रग्रहको सूची तयार पार्ने र विश्लेषण गर्नेछ । विशेषगरी यस प्रणालीले कम्प्युटर सिमुलेसन फ्रेमवर्क उपयोग गरी क्षुद्रग्रहमा ठोकिँदा पर्ने असरको नमूना प्रस्तुत गर्नेछ, वुले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्