पूर्वी युक्रेनको डोनबासमा अहिले रुस र युक्रेनका सैनिकहरूबीच भयंकर लडाइँ चलिरहेको छ ।
लडाइँको मुख्य केन्द्र इज्युम बनेको छ ।
रुसी सैनिकहरू बाराबाशेभ्का र भेर्नोपोल्या क्षेत्रमा अघि बढिरहेका छन् । कुरुल्का गाउँ नजिक रुसी सेनाले रणनीतिक सफलता हासिल गर्दै युक्रेनी सेनालाई धपाएको छ । यो गाउँ बार्भेन्कोभो राजमार्ग नजिक छ र त्यस सडक हुँदै युक्रेनी सेनाले गोलीगट्ठा, इन्धन र खाद्यसामग्रस् ल्याउने गरेको थियो ।
ओस्कोल नदीको पूर्वतर्फ रुसले लोजोभोये, रेडकोदुब र टोर्स्कीमा नियन्त्रण कायम गरेको छ । अहिले अलेक्जान्द्रोभ्का, जेलेनाया डोलिना र जारेच्नोयेमा लडाइँ चलिरहेको छ ।
खार्किभ क्षेत्रमा प्रुद्यान्का, लोजोभाया, त्सिरकुनी, बालाकेल्या लगायतका गाउँमा लडाइँ चलिरहेको छ । युक्रेनी सेनाले चुगुएभ शहरबाट सेनामाथि प्रत्याक्रमण गरेको खबर छ ।
सेभेरोडोनेत्स्क लिसिचान्स्क क्षेत्रमा लडाइँ जारी छ । लुगान्स्क मिलिसियाले रुबेझ्नोएको बाहिरपट्टि सफाया कारवाही चलाइरहेका छन् ।
नोभोतोश्कोभ्सकोये गाउँमा लुगान्स्क मिलिसियाले नियन्त्रण कायम गरेको दाबी गरेका छन् ।
क्रेमेन्नाया शहर नजिक युक्रेनी सेनाको पकड रहेको क्षेत्रमा रुसी सेनाले कब्जा गरेको बताइएको छ ।
पोपास्नायामा भारी लडाइा चलिरहेको छ । लुगान्स्क मिलिसियाका सैन्य इकाइहरू बिस्तारै अघि बढिरहेका छन् । आइतवार लुगान्स्क मिलिसियाले पोपास्नाया–१ रेलवे स्टेसन नियन्त्रणमा लिएको छ ।
आव्दीव्का र मारिन्का क्षेत्रका मोर्चामा कुनै परिवर्तन देखिएको छैन । उक्त क्षेत्रमा आर्टिलरीहरू खुबै प्रहार गरिएका छन् ।
आइतवार युक्रेनीहरूले ग्राड मल्टिपल रकेट लोन्चरबाट १९७ शेल र माइनहरू प्रहार गरेका छन् । त्यसबाट तीनजना सर्वसाधारण घाइते भएका छन् भने १२ वटा आवासीय भवन, चारवटा नागरिक संरचना र सातवटा वाहनमा क्षति पुगेको छ ।
डोनेत्स्क जनगणतन्त्रका सैन्य अधिकृतहरूका अनुसार, डोनेत्स्क मिलिसियाले २६ जना युक्रेनी राष्ट्रवादीको हत्या गरेका छन् अनि डी–३० हावित्जरको एउटा फायरिङ पोजिसन र दुईवटा इन्फ्यान्ट्री फाइटिङ भेहिकललाई ध्वस्त पारेका छन् । त्यस्तै एक सशस्त्र वाहन, एक एन्टी एयरक्राफ्ट गन र एक मालवाहक गाडी कब्जामा लिइएको छ ।
दक्षिणमा रुसी सैनिकहरू गुल्याइ–पोल र भेलिकाया नोभोसेल्का क्षेत्रको बीचमा रहेका भागमा अघि बढिरहेका छन् । तर गुल्याइ–पोलका साथै टेमिरोव्का र भेलिकाया नोभोसेल्का अहिले पनि युक्रेनी सेनाकै नियन्त्रणमा छ ।
मरिउपोलमा आजोभस्टाल कारखानामा रुसी सेनाले बमवर्षा जारी राखेको छ । तर त्यहाँ गएर सैनिकहरूले आक्रमण गरेका छैनन् ।
क्रामातोर्स्कमा युक्रेनी सेनाका पोजिसनमा प्रहार भइरहेका छन् । द्रुझकोव्का शहरमा युक्रेनी सेनाको राष्ट्रवादी इकाइ नीपर–१ रहेकोमा रुसीहरूले त्यहाँ पनि आक्रमण गरेका छन् ।
डोनेत्स्क क्षेत्रमा युक्रेनी सेनाको खोलोद्नी यार भनिने ९३औं मेकानाइज्ड ब्रिगेडको मोर्टार इकाइको पोजिसनलाई रुसी सेनाले ध्वस्त पारेको छ ।