
गर्मी समयमा स्वस्थ र फुर्तिलो रहनका लागि यस्तो चीज खानुपर्छ, जसले शरीरलाई भरपुर इनर्जी दिन्छ ।
यसका लागि तरबुजा विशेष हुन सक्छ । यसबाहेक अन्य फलफूलको सेवनले पनि गर्मी समयमा भरपूर ताजा रहन मद्दत गर्छ ।
गर्मी बढ्दै जाँदा शरीरबाट पसिना पनि धेरै छुट्छ । यसले शरीरमा पानीको मात्रा कम हुन जान्छ । त्यसकारण शरीरलाई ताजा राख्नका लागि धेरै पानी पिउनु उपयुक्त हुन्छ ।
यसबाहेक बटरमिल्क (मोही)को सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसको सेवनले पाचन प्रक्रियामा समेत सुधार हुन्छ । पेटमा ग्यासको समस्या हुनेका लागि पनि बटरमिल्क उपयुक्त हुन्छ ।
भोक नलाग्ने समस्याबाट दूर रहनका लागि पनि बटरमिल्क पिउनु उत्तम हुन्छ । यसको सेवनले भोक बढाउन सहयोग गर्छ ।
यति मात्र नभएर बटरमिल्कले कोलेस्ट्रोल नियन्त्रण गर्न काम गर्छ ।
बटरमिल्कको सेवनले कमजोर हड्डीहरू पनि बलियो हुने चिकित्सकहरू बताउँछन् ।