
नेकपा एकीकृत समाजवादीले तिलोत्तमाको मेयरमा महिलालाई उठाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादी रूपन्देहीको जिल्ला कमिटी बैठकले सचिवालय सदस्य आशाकुमारी चौधरीलाई मेयरमा उठाउने निर्णय गरेको हो ।
उपमेयरमा सञ्जिव भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला उपसचिव सरिता श्रीसले बताइन् ।
चौधरी अनेमसंघ जिल्ला उपाध्यक्ष हुन् भने भण्डारी प्राध्यापन क्षेत्रमा सक्रिय छन् ।