
धनुषाको नगराइन नगरपालिकाको मेयर पदमा लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेश चौधरी (राजु)ले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
लोसपाका प्रभावशाली युवा नेता चौधरी यस अघि संविधान सभाको निर्वाचनमा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिबाट पराजित भएका थिए।
पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा राजेन्द्र महतोलाई निर्वाचित गराउन प्रमुख सहयोगीको भूमिका निर्वाह गरेका चौधरीले यस पटक निधिको पैतृक गाउँ रहेको नगराइन नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका छन्।
नगराइन नगरपालिकामा यस अघि नेपाली कांग्रेसबाट परमेश्वर यादव निर्वाचित भएका थिए। तर यस पटक नेपाली कांग्रेसले विनय कुमार यादवलाई मेयरमा टिकट दिएको छ। नेपाली कांग्रेसको विरासतलाई चौधरीले चुनौती दिएका छन्।