०९ साउन २०८३, शनिबार

एमाले नेता विशालराज महतले दिए वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी

बैशाख १२, २०७९
एमाले नेता विशालराज महतले दिए वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी

नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटी सदस्य एवं हेटौंडाको ५ नम्बर वडा इन्चार्ज विशालराज महतले आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्ररूपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् ।

सोमवार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर महतले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

महत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा मालेको तर्फबाट हेटौंडा–५ मा वडाध्यक्षमा चुनावी मैदानमा उत्रिएका थिए भने २०७४ सालको निर्वाचनपछि नेकपा एमालेमा रहेर सामाजिक काममा क्रियाशील हुँदै आएका थिए ।

एमाले मकवानपुरले हेटौंडाको ५ नम्बर वडामा  सुशील घिमिरेलाई उम्मेदवार बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्