१६ असार २०८३, मंगलबार

राजपाको केन्द्रीय समिति जम्बो, पदाधिकारीमात्रै १३४ जना

कात्तिक २०, २०७४
राजपाको केन्द्रीय समिति जम्बो, पदाधिकारीमात्रै १३४ जना
काठमाडौं, २८ असार— राष्ट्रिय जनता पार्टी (राजपा) ले निर्वाचन आयोगमा ८ सय १५ सदस्यीय केन्द्रीय समितिको सूचि बुझाएको छ ।त्यसमा पदाधिकारीमात्र १ सय ३४ जना रहेका छन् । दल दर्ताको लागि राजपाले सो सूचि आयोगलाई बुझाएको हो ।rajapa
एकिकृत पार्टीको दर्ताका लागि आयोगले पार्टीको विधान, घोषणापत्र, एकिकृत हुनुपूर्वका ६ पार्टीको केन्द्रीय समितिको निर्णय र राजपा गठनपछिको केन्द्रीय समितिको विवरण मागेकोमा आज सो सूचि बुझाएको हो ।
तीन महिनाअघि तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिक मिलेर राजपा गठन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्