२८ असार २०८३, आइतबार

सौन्दर्य फर्काउन 'कभर कन्डक्टर लाइन’

बैशाख १३, २०७९
सौन्दर्य फर्काउन 'कभर कन्डक्टर लाइन’

जनघनत्व बढेसँगै अव्यवस्थित बसोबासले     पछिल्लो     समय     वीरेन्द्रनगर  कुरूप  सहरमा  परिणत  भइरहेको  छ  ।

 जनघनत्व  बढेसँगै  वीरेन्द्रनगरमा अव्यवस्थित निर्माणका कार्यले  बजारको  सौन्दर्य  बिग्रिँदै  गएको छ ।

वर्षौंदेखि वीरेन्द्रनगरको विद्युत् लाइन व्यवस्थित हुन नसक्दा विद्युत् लाइनको विस्तार लथालिङ्ग छ  ।

लामो  समयदेखि  परम्परागत  रूपमा विस्तार गरिएको अव्यवस्थित लाइनलाई नेपाल विद्युत् प्राधिकरणले व्यवस्थित  गर्न  खुला  तार  हटाउन  थालेको छ ।

वीरेन्द्रनगर    नगरपालिकाले    पहिलो    चरणमा    मङ्गलगढी    चौकीदेखि गणेश चोकसम्मको खुला तार व्यवस्थापन गर्न बजेट दिएपछि केन्द्रले काम सुरु गरेकोे छ । राजधानी सहरमा अनावश्यक रूपमा तानिएका तारको समस्या समाधान गर्नका लागि केन्द्रले विद्युत्को खुला तार हटाएर 'कभर  कन्डक्टर’सहितको  लाइन  विस्तार गरिरहेको छ ।

विद्युत्का  तार  अन्य  निजी  सेवा प्रदायकले यत्रतत्र तानेका तारले बजारको  सौन्दर्य  बदलिँदै  गएकाले  जथाभावी रूपमा गाडिएका विद्युत्का पोलले थप समस्या निम्त्याएको हुनाले विद्युत्  लाइन  व्यवस्थित  गर्न  कभर  कन्डक्टर   लाइन   विस्तार   सुरु   भएको हो ।

वीरेन्द्रनगर    नगरपालिकाले    यसअघि  यो  क्षेत्रमा  भूमिगत  लाइन  विस्तार   गर्ने   योजना   बनाएको   थियो  ।  

भूमिगत  लाइन  विस्तारमा  कठिनाइ देखिएपछि पुराना पोल हटाएर नयाँ   लाइन   विस्तार   थालिएको   बताइएको   छ   ।

  मङ्गलगढी–वीरेन्द्रचोक–गणेश    चोकसम्मको    नयाँ  लाइन  विस्तारका  लागि  डेढ  किलोमिटर  क्षेत्रभित्र  केन्द्रले  नयाँ  पोल  विस्तार  गरिसकेको  छ  भने  पुराना पोल हटाउने कार्य तीव्र रूपमा भइरहेको छ । केन्द्रले नयाँ विस्तार गर्न  लागेको  लाइनमा  एक्सएलपी  कभर कन्डक्टर तार रहनेछ ।

जुन प्लास्टिक कभरसहितको तार हो । यी क्षेत्रमा ११ मिटरको दूरीमा ४० वटा पोल  र  आठ  मिटरको  दूरीमा  ३६  वटा  पोल  गाडेर  तार  तान्ने  काम  भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख युवराज रावतले जानकारी दिए ।

“सडकको   दक्षिणतर्फ   ११   केभीको पोलमाथि कम्पोजिट लाइनमा ०.५  स्क्वायर  एमएम  एक्सएलपी  कभर कन्डक्टर तार र तल चार सय भोल्टको कम्पोजिट लाइन रहनेछ,” प्रमुख रावतले भने।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्