२८ असार २०८३, आइतबार

दल बदलेर उम्मेदवार बन्न होडबाजी

बैशाख १३, २०७९
दल बदलेर उम्मेदवार बन्न होडबाजी

मधेस प्रदेशका जिल्लामा सम्बद्ध पार्टीबाट टिकट नपाएपछि पार्टी परिवर्तनको होडबाजी नै चलेको छ ।

स्थानीय  तह  निर्वाचनको  मिति  घोषणापछि  सम्बद्ध  दलका नेताले टिकटका लागि शीर्ष नेतृत्वमा लबिङको गर्दै आए पनि अन्ततः टिकट नपाउने सङ्केत पाएपछि दल बदलको राजनीतिमा लागेको देखियो ।

उम्मेदवारी मनोनयनका दिन पनि दल परिवर्तन गरेर केही व्यक्ति उम्मेदवार बनेका छन् ।

आफू  आबद्ध  राजनीतिक  दलको  सिद्धान्त,  नीति नियमलाई चुनौती दिँदै दलप्रतिको आस्थाभन्दा व्यक्तिको स्वेच्छाचारी प्रवृत्तिले दल बदललाई प्रश्रय गरेको छ ।

दलभित्र आफू मात्र राम्रो, अरूको नेतृत्व नराम्रो भनेर अस्वीकार गर्ने मानसिकताको उपज पनि दल परिवर्तनको आधार बनेको छ ।

समयसापेक्ष राजनीतिक रणनीति फेरबदल समायोजनमा व्यक्तिको नेतृत्वभन्दा सामूहिक हितको नेतृत्वलाई आत्मसात् गरी अगाडि बढ्नुपर्नेमा पार्टी परिवर्तनले व्यक्तिमाथि नै  प्रश्न  तेर्सिने  गरेको  छ  ।

 पार्टीप्रति  बफादार,  इमानदार तथा जिम्मेवार भई नागरिकप्रति उत्तरदायी भूमिका निर्वाहको आवश्यकताभन्दा निजी व्यक्तित्व स्वार्थ लिप्साले एक दलबाट अर्को दलमा प्रवेश गरी उम्मेदवार बन्ने गरेको सर्वसाधारणको बुझाइ छ । गोरखापत्र दैद्दिकमा धीरेन्द्रप्रसाद साहले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्