२५ असार २०८३, बिहीबार

कस्तो रहला आज दिनभरको मौसम ?

बैशाख १३, २०७९
कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  यस्तै देशका बाँकी भूभागमा आंशिक बदली रहने छ।  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा  क्षणिक वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ।

यसैगरी राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 
यस्तै गण्डकी प्रदेशको पहाडी भ(भागका  एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्